काठमाडौं । नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसे न्स दिने काम तत्कालका लागि स्थगन भएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाईसेन्स दिने काम तत्कालका लागि स्थगन भएको छ ।
बोर्डका अनुसार कात्तिक ४ गते सर्वोच्च अदालतबाट जारी भएको अल्पकालिन अन्तरिम आदेश अनुरुप बोर्डबाट असोज २ मा प्रकाशित सूचना बमोजिमका आवेदन लिने लगायतका थप काम कारबाहीहरु बोर्डबाट अर्को निर्णय नहुँदासम्मका लागि यथास्थितीमा राख्ने निर्णय भएको छ ।
FACEBOOK COMMENTS