काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्कने क्रममा रहेको बताए का छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औँ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होशियारि अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताए । यसका साथै उनले चाडबाड सुरु भएसँगै बिप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए । देशमा बिप्रेषण बढेसँगै विदेशी मुद्रा सन्चिती बढ्दै जाने र अर्थतन्त्र सबल हुँदै जाने उनले विश्वास व्यक्त गरे ।
तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिईएको पनि जानकारी दिए ।
मन्त्री शर्माले निजि क्षेत्रलाई उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य बाताबरण रहेको बताए । मन्त्री शर्माले कृषि, बन लगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह समेत गरे ।
FACEBOOK COMMENTS