काठमाडौं । लोकप्रिय रेस्टुरेन्ट चेन सेकुवा बाई किलोले हालैको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि २० लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले भदौ १६ गते (सेप्टेम्बर १) आफ्ना कलंकी, झम्सिखेल, दरबारमार्ग, लाजिम्पाट र बाँसबारीस्थित पाँचवटै आउटलेटको १०० प्रतिशत बिक्री रकम बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेको थियो ।
त्यससँगै कम्पनीका सबै कर्मचारीले एक दिनको तलब तथा बोर्ड सदस्यहरूले जनही १ लाख रुपैयाँ योगदान गरेका थिए । यसरी संकलित रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रत्यक्ष हस्तान्तरण गरिएको थियो ।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
बाढीपीडितको राहतका लागि गरिएको उक्त सहयोगमा सेकुवा बाई किलोका ग्राहक, कर्मचारी तथा व्यवस्थापनको समेत सहभागिता रहेको कम्पनीले जनाएको छ ।