काठमाडाैं । नेपाली सेनाले दशैँ लक्षित निःशुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको छ ।
दशैँमा घर जाने बहालवाला सेना तथा उनीहरुका परिवारका लागि सेनाले निःशुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको हो ।
सडक सञ्जालले जोडिएका जिल्लाहरुसम्म बसमार्फत् निःशुल्क सेवा दिने र सडक सञ्जाल नभएका ठाउँहरुमा निःशुल्क हवाई सेवा दिने सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।
सेनाका अनुसार भदौ २९ गतेबाट सुरु भएको निःशुल्क हवाई सेवामार्फत् १३४ जनालाई गन्तव्यमा पुर्याइएको छ । बस सेवा भने असोज ४ गतेबाट सुरु गरिने भएको छ ।
सैनिक कल्याणकारी सेवा अन्तर्गत यो सुविधा उपलब्ध हो । सेनाले हरेक वर्ष यो सेवा उपलब्ध गराउँदै आएको छ ।
FACEBOOK COMMENTS