काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८८ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ११९ दशमलव ६१ विन्दुमा पुगेको छ । आज ३ सय ८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३ सय ६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ७० प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव १७ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ५० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ०७ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS