काठमाडौं । निजामती कर्मचारीले अब सेयर किन्न पाउने भएका छन् ।
संसदमा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ अनुसार बहालवाला कर्मचारीहरूलाई शेयर खरिदबिक्री गर्न अनुमति दिइएको छ । कर्मचारीहरुको आचरणको व्यवस्था अन्तर्गत कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण राखिएको छ ।
यस वयवस्था अन्तर्गत बहालवाला कर्मचारीले नेपाल सरकारको स्वीकृति विना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सन्चालनको काममा भाग लिन तथा कानुन बमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार व्यवसाय गर्न पाउने छैनन् ।
यद्धपी खुल्ला बजारबाट शेयर खरिद गर्न वा आधारभूत शेयरधनी नहुने गरी एक प्रतिशतभन्दा कम संस्थापक शेयर खरिद गर्न भर्ने पाउनेछन् । यसैगरी, उक्त व्यवस्थामा कर्मचारीहरुले लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने उल्लेख गरिएको छ ।