काठमाडाैंँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २१.१२ अंकले घटेर २ हजार ६०९.५८ विन्दुमा आइपुगेको छ । पछिल्लो दुई सातादेखि लगानीकर्ताहरु क्षेत्रगत समूह परिवर्तनगरी गरी बजारमा बढाइरहेका छन् । अघिल्लो साता बिहिबार फाइनान्समा तर्फ आकर्षण भएका लगानीकर्ता यो दिन माइक्रोफाइनान्स तर्फ झुम्मिएका छन् । यो दिन महिला लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले शेयर मूल्य बढेर सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, मानुषि लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था,एनआरएन इन्फाष्ट्रचर एण्ड बैंकको शेयर मूल्य ५.७१ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्मले बढेको छ ।
तर, बजार पुन २५ सय विन्दुबाट पूरानै २६ सयकै मनोवैज्ञानिक विन्दुमा रहेको छ । बजार तलमाथिगरीरहँदा लगानीकर्ताहरु भने बजार प्रवेश गर्ने उपयुक्त समयको खोजिमा छन् । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१६ कम्पनीको १ करोड १० कित्ता बराबरको ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा प्रभु बैंक, जानकी फाइनान्स,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट,एनएलजी इन्स्योरेन्स,रिभरफल्स पावरको शेयर ११ करोड १८ लाख रुपैयाँदेखि २६ करोड १० लाखरुपैयाँसम्मको कारोबार भएको छ । यो दिन कारोबारमा आएका १३ वटा समूहकोसूचकमध्ये तीनवटा समूहको सूचक मात्र हरियाली बनेको छ । बाँकी १० वटा समूहको सूचक घट्न पुगेको छ । माइक्रोफाइनान्सको शेयर मूल्य १.१२ प्रतिशतले बढेको छ भने म्यूचुल फण्ड र अन्य सूचकको ०.२९ प्रतिशतले बढेको छ ।
यो दिन सर्वाधिक घट्ने समूहमा फाइनान्स, विकास बैंक र जलविद्युुत समूहको रहेका छन् ।
FACEBOOK COMMENTS