काठमाडाैँ । साताको बुधबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । योदिन नेप्से परिसुचक ५.१० अंकले बढेर २ हजार५८१.६० विन्दुमा आइपुगेको छ । नेप्से सूचक बढ्दा कारोबार रकम भने घट्न पुगेको छ । अघिल्लो दिन ५ अर्ब माथिको कारोबारमा यो दिन ३०५ कम्पनीका ९४ लाख ३४ हजार कित्ता शेयर किनबेचहुँदा ३ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर,जानकी फाइनान्स,त्रिशुली जलविद्युत कम्पनी,प्रभु बैंक र नेपाल फाइनान्स कम्पनीको ८ करोड ४८ लाख रुपैयाँदेखि २१ करोड ८२ लाख रुपैयाँसम्मको कारोबार भएको छ । यो दिन त्रिशुली जलविद्युत कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था,सुपरमादी हाइड्रो पावर,कर्पोरेट डेभलपमेन्ट बैंक, जोशी हाइड्रो पावर कम्पनीको ९.२९ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ । सर्पोट माइक्रो फाइनान्स,नाडेप लघुवित्त वित्तीय संस्था, कुमारीधनवृद्धि योजनाको शेयर मूल्य ३.६६ प्रतिशतदेखि १० प्रतिशतसम्मले घटेको छ ।
FACEBOOK COMMENTS