काठमाडौँ । नेप्से परिसूचकमा आज पनि गिरावट आएको छ ।
नेप्से विहिबार ३१.५० अंकले घटेर आज २९२२.६३ विन्दुमा पुगेको हो ।आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।आज ट्रेड टावर लिमिटेड र नेपाल फाइनान्सको शेयर ९.९९ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ९.९७ प्रतिशतले बढेको छ ।
त्यस्तै आज भूगोल इनर्जीको सबैभन्दा बढी ७.१० प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्स लिमिटेडको एक अर्ब ३३ करोड ८८ लाख र नेपाल रिइन्सुरेन्सकोको ७५ करोड ३५ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS