काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको बैठकले शुक्रवार शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्से यसदिन बन्द गरेर शुक्रवार कारोबार खुल्ने भएको हो ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले आइतबारको सट्टा शुक्रवार कारोबार खोल्ने निर्णय गरिएको जानकारी दिए । सरकारले आइतबार बिदा दिने निर्णय गरेपछि यसदिन शेयर कारोबार पनि बन्द हुन्छ । जसले गर्दा शुक्रवार कारोबार खोल्ने निर्णय भएको छ ।
यसअघि शुक्रवार शेयर कारोबार बन्द हुने गरेको थियो । साताको पाँच दिन आइतबारदेखि बिहीबारसम्म शेयर कारोबार हुँदै आएकोमा अब सोमबारदेखि शुक्रवारसम्म कारोबार हुने भएको छ । सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।