काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३२.८१ अंकले घटेर २ हजार४८६.७६ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन बुधबार ४९ अंकले बढेको बजारले बिहीबार पुन: घटेर पुरानै विन्दुमा फर्किएको हो । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड रूपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा अपी पावर कम्पनीको ४८ करोड रूपैयाँको कारोबार भएको छ । त्यस्तै एनएलजी कम्पनीको १७ करोड ७३ लाख रूपैयाँको कारोबार भएको छ । त्यस्तै सीईडीबी हाइड्रोपावर कम्पनीको १४ करोड २५ लाख रूपैयाँको कारोबार भएको छ । त्यस्तै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १३ करोड ८४ लाख रूपैयाँको कारोबार भएको छ ।
ग्रिन भेन्चर कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै दोर्दी खोला जलविद्युत कम्पनी, अपी पावर कम्पनी, थ्रीस्टार हाइड्रोपावर कम्पनीको ६ दशमलव ७३ प्रतिशतदेखि ७ दशमलव ६९ प्रतिशतले घटेको छ । घट्दो बजारमा पनि वेन नेपाल लघुवित्त वित्तीय संस्था, बटलर नेपालको ५.०५ प्रतिशतले बढेको छ । कारोबारमा आएका ११ वटा समूहको सूचक घटेका छन्, दुईवटा समूहको सूचक बढेका छन् । ट्रेडिङ समूह, उत्पादनमूलक समूहको सूचक सामान्यले बढेको छ ।
FACEBOOK COMMENTS