काठमाडौं । जेन जी आन्दोलनयता निराशामा चलिरहेको शेयर बजार आज दोहोरो अङ्कको वृद्धि भएको छ ।
नयाँ र वैकल्पिक राजनीतिका अगुवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’बीच आज बिहान भएको सहमतिसँगै आज शेयरबजारमा दोहोरो अङ्कको वृद्धि आएको हो ।
आइतबार नेप्से ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२८ कम्पनीका एक करोड ३४ लाख ६८ हजार १४५ कित्ता शेयर ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज मिड सोलु हाइड्रोको सबै भन्दा बढी ९.४९ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोको शेयर ६.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २७ करोड ६० लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको २४ करोड ८९ लाखको कारोबार भएको छ ।

आजको वृद्धिलाई निराशाको घेराभित्र रहेको राजनीति अब भने केही सङ्लो दिशातर्फ अगाडि बढ्ने अपेक्षाका साथ लगानीकर्तामा उत्साह आएको अनुमान गरिएको छ ।

FACEBOOK COMMENTS