काठमाडाैँ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन आएको छ । यो दिन नेप्से परिसूचक ११.२४ अंकले घटेर २ हजार ७४८.९६ विन्दुमा पुगेको छ । दुईदिन उच्च अंकले बढेको बजारमा यो दिन बजारले करेक्सनको बाटो समातेको हो । दिनभरी बजारमा उत्तारचढाब आइरहेको थियो । यतिबेला बजार २८ सय विन्दुको फड्को मार्ने कोसिसमा रहेको देखिएपनि २७ सयको अवरोध हटाउन सकेको छैन ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१२ कम्पनीको एक करोड ६७ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँको कारोबारभएको छ । अघिल्लो दिन ११ अर्ब रुपैयाँभन्दा माथिको कारोबार थियो । सर्वाधिक कारोबार हुने कम्पनीमा गूडवेल फाइनान्स,बेस्ट फाइनान्स, आखुँखोला जलविद्युत कम्पनी, जानकी फाइनान्स, पिपुल्स हाइड्रोपावर कम्पनीको १९ करोड ३३ लाख रुपैयाँदेखि २९ करोड २८ लाख रुपैयाँसम्मको कारोबार भएको छ । कारोबार आउने १३ वटा समूहको सूचकमध्ये फाइनान्स, निर्जीवन बीमा समूह र ट्रेडिङ समूहको सूचक समान्यले बढ्दा अन्य १० वटा समूहको सूचक घटेका छन् ।
घटेको बजारमा गुराँश लघुवित्त वित्तीय संस्था,मेन्छ्यिाम हाइड्रोपावर,वेस्ट फाइनान्स, एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै यो दिन गूलवेल फाइनान्स,आँखुखोला जलविद्युत कम्पनी,माछापुच्छ«े बैंक,अपरहेवाखोला जलविद्युत कम्पनीको शेयर मूल्य ३.४८ प्रतिशतदेखि ९.३६ प्रतिशतसम्मले घटेको छ ।
FACEBOOK COMMENTS