काठमाडाैँ । साताको मंगलबार दिन नेप्से परिसूचक १७.८० बढेर २ हजार ७७५.८५ अंकले बढेको छ । बजार खुलेदेखि नै उत्तारचढाब देखिएको नेप्से सूचकले बन्द हुनेसमयमा संयमित बनेको हो । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०७ कम्पनीको १ करोड ८१ लाख कित्ता शेयर किनबेचहुँदा ८ अर्ब ५२ करोड रुपैंयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा न्यादी ग्रुप पावर, जानकी फाइनान्स, वेस्ट फाइनान्स,एनआरएन इन्फाष्ट्रचर,एनआइसी एशिया र्बैंकको १७ करोड २५ लाख रुपैयाँदेखि २६ करोड ७४ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन दिब्यश्वरी हाइड्रोपावर,इनवा हाइड्रोपावर,खानिखोला हाइड्रो,जोशी हाइड्रो सुपरमादी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । अपर स्याङ्गे हाइड्रोपावर, जानकी फाइनान्स, गुराँश लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३.४४ अंकदेखि ९.५१ सम्मले घटेको छ ।
यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये ६ कम्पनीको सूचक घटेको छ भने ७ कम्पनीको सूचक बढेको छन् । सर्वाधिक बढ्नेमा ट्रेडिङ समूह रहेको छ भने छ भने सर्वाधिक घट्नेमा होटल तथा पर्यटन समूह रहेको छ ।
FACEBOOK COMMENTS