काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छालाई स्थानहद तोकिएको छ । प्रहरीको उच्च निगरानीमा रहेका गोल्छालाइ प्रहरीले पक्राउ गर्न खोज्दा उनी आफै प्रहरी कार्यालयमा आउने भनेपछि शर्तसहित भारतजानबाट समेत रोकिएको छ ।
हिजो बुधबार राति भैरहवास्थित बुटवलको एक होटलबाट उनलाई पक्राउ गर्ने प्रयास प्रहरीले गरेको थियो । तर सोही क्रममा भएको छलफलपछि गोल्छा आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने सहमति भएपछि उनलाई प्रहरीको उच्च निगरानीमा राखिएको छ ।
गोल्छाले उनलाई फोन सम्पर्कमा रहने, मोबाइल अफ नगर्ने र सिधै प्रहरीको सम्पर्कमा रहने शर्तमा छोडेको जानकारी दिएको छ ।
यसअघि दिपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित कानुनविपरीत कारोबारमा उनको संलग्नता रहेको आशंका गरिएपछि अनुसन्धान अघि बढाइएको बताइएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।