काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा २६ साउनमा स्वदेश फर्कने भएका छन् ।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा २६ साउनको बेलुकी स्वदेश फर्कने भएका हुन् ।
देउवा गत १३ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए । त्यहाँबाट उनी थप उपचारका लागि हङकङ प्रस्थान गरेका थिए ।