नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल भुर्तेल नियुक्त
कर्पोरट खबर
4:53 pm, बिहीबार, साउन २१, २०८३
- नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य कुशल भुर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
- बुधबार कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र भुर्तेलबीच सम्झौता सम्पन्न भएको हो।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य कुशल भुर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।
कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नवनियुक्त ब्रान्ड एम्बेसडर भुर्तेलबीच बुधबार सम्झौता सम्पन्न भएको नेपाल टेलिकमले जनाएको छ ।