काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ ।
निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ । राजनीतिक दलहरू निर्वाचनमा होमिएका छन् । सर्वसाधारणसँगै राजनीतिक दलबीच अबको राष्ट्रपति को हुने भन्ने चासो व्यक्त भइरहेको छ ।
निर्वाचनमा दुई गठबन्धनसँगै स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपा, राष्ट्रिय जनमोर्चाको एउटा गठबन्धन छ । अर्कोतर्फ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०, जनता समाजवादी पार्टी नेपाल जसपा, राप्रपा, राप्रपा नेपालको तालमेल रहेको छ ।
सत्तारूढ गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको अवस्थामा राष्ट्रपति को हुने भन्ने’’दयगत निर्णय गरिसकेको छैन । उसले बहुमत ल्याएको अवस्थामा प्रमुख पदमा भागबन्डा गरेर अगाडि बढ्ने निश्चित प्रायः छ । सत्तारूढ दलकाबीचमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख को हुने भन्ने’’दयगतमा अझै निर्णय गर्न बाँकी नै छ ।
कांग्रेसले राष्ट्रपति पाएमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने सम्भावना छ । प्रधानमन्त्रीका आकांक्षी रहेका पौडेललाई राष्ट्रपति बनाउन सकिने चर्चा कांग्रेसभित्र रहेको छ । यस्तै, अर्का वरिष्ठ नेता कृष्णप्रसाद सिटौलासमेत राष्ट्रपतिको दौडमा रहेका छन् । तर, सिटौलाभन्दा बढी पौडेलको सम्भावना रहेको कांग्रेस नेताहरू बताउँछन् ।
सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा राष्ट्रपति परेको अवस्थामा अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन, डा। बाबुराम भट्टराई, सभामुख अग्निप्रसाद सापकोटामध्ये एक हुन सक्नेछन् । पुन ‘उपराष्ट्रपतिको जिम्मेवारी सफल रूपमा निर्वाह गरिसकेको’ र सापकोटा ‘सभामुखको भूमिका राम्रोसँग निर्वाह गरिसकेकाले’ उनीहरू चर्चामा रहेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS