काठमाडौं । नेपाल पेट्रोलियम ट्रेड लिङ्क प्रालिसहित करिब तीन दर्जन व्यावसायिक संघसंस्थाका नेतृत्वकर्ता शिवप्रसाद घिमिरेलाई कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड प्रदान गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
…त्यसपछि उद्योगी–व्यवसायीहरू अर्थमन्त्री महतसँग रिसाए
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘बेष्ट नेपाल एलपी ग्यास इन्डष्ट्री एसोसिएशन’का रूपमा ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ प्रदान गरेको हो ।
सो अवार्ड नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्वध्यक्ष समेत रहेकी ट्युनिसियाका लागि अवैतनिक वाणिज्य दूत भवानी राणा, एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वल जंग शाह तथा बिजनेश डिरेक्टर संगीता खत्रीले संयुक्त रूपमा प्रदान गरे । कार्यक्रममा सहभागी हुन नसकेका घिमिरेलाई कार्यक्रमपश्चात अवार्ड हस्तान्तरण गरिएको हो ।
स्वर्गीय पिता गोविन्द प्रसाद घिमिरे र माता खेमकुमारी घिमिरेबाट वि.स. २०२० साल जेठ १९ गते ललितपुरको साविक गोटीखेल गाविस वडा नं. ४ मा जन्मिएका घिमिरे अहिले नेपाल पेट्रोलियम ट्रेड लिङ्क प्रालिका अध्यक्ष छन् । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण उनी सुनसरीको पकलीमा अवस्थित स्यार्सेकाली आयल डिष्ट्रिव्युटर्स ट्रेडर्सको प्रोप्राइटर पनि छन् ।
विभिन्न प्रकारका करिब तीन दर्जन व्यावसायिक संस्थाहरूमा अध्यक्ष, निर्देशक र शेयरहोल्डरका रूपमा रहेका उनी यसअघि नेपाल एलपी ग्यास इन्डष्ट्रीज एसोसिएशन र नेपाल पेट्रोलियम डिलर्स एसोसिएशनका अध्यक्ष तथा उद्योग वाणिज्य संघ इटहरीका उपाध्यक्ष थिए ।
अरु थुप्रै व्यावसायिक र सामाजिक संघ–संस्थाहरूको महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेका उनी नेचुरल डिजास्टर रेस्क्यु सर्भिस (२०५०) र विजयरत्न अवार्डबाट सम्मानित भइसकेका छन् । उनले हालसम्म अमेरिकासहित एशियाका ९ र युरोपका ११ वटा देश भ्रमण गरेका छन् ।
FACEBOOK COMMENTS