काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७०० ले घटेको छ ।
मङ्गलबार प्रतितोला एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला ५ ले घटेर एक हजार ९६५ कायम भएको छ ।
मङ्गलबार पनि सोही परिमाणको चाँदी एक हजार ९७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
FACEBOOK COMMENTS