काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा लेखनाथ भुसाल नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको आज बसेको ९४औँ बैठकले दीपेन्द्रराज काफ्लेको स्थानमा लेखनाथ भुसाललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्त भएका भुसालले आजै सञ्चालक पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
यसैगरी, संस्थाको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सृजना शर्मालाई नियुक्त गर्ने निर्णय भएको छ । साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीका अनुसार शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो ।
संस्थाले सोबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रमार्फत जानकारी गराएको छ ।