काठमाडौं । लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले पोखरामा आयोजना गरेको एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ । असोज १५ देखि १८ गतेसम्म सञ्चालन भएको क्याम्पमा पोखरा, गोरखा तथा आसपासका क्षेत्रका १०० भन्दा बढी व्यावसायिक सवारीसाधन सहभागी भएका थिए ।
ग्राहकलाई नियमित सर्भिसिङप्रति प्रोत्साहित गर्ने, सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्ने र आवश्यक मर्मतसम्भारबारे जानकारी दिने उद्देश्यले क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ ।

क्याम्पमा श्रम शुल्कमा ५० प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा स्पेयर पाट्र्समा १५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराइएको थियो । सहभागी सवारीसाधनको प्राविधिक जाँचसँगै ग्राहकका लागि उपहारको समेत व्यवस्था गरिएको थियो ।
कम्पनीले आधुनिक बीएस६ प्रविधि, नियमित मर्मतसम्भार र बिक्रीपछिको सेवामा समेत जोड दिएको छ । एसएमएल महिन्द्राका नयाँ पुस्ताका सवारीसाधनमा मोडेल तथा भेरियन्टअनुसार इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, मल्टि–इन्फर्मेसन मिटर क्लस्टर, गियर कोचिङ सिस्टम तथा पावर र इकोनोमी ड्राइभिङ मोडहरू जस्ता प्रविधि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नियमित सर्भिसिङअन्तर्गत समयमै लुब्रिकेन्ट तथा फिल्टर परिवर्तन, ब्रेक जाँच, प्राविधिक निरीक्षण र उपयुक्त स्पेयर पाट्र्सको प्रयोगले सवारीसाधनको कार्यसम्पादन कायम राख्न तथा सम्भावित समस्या समयमै पहिचान गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ ।

१०० भन्दा बढी सवारीसाधनको सहभागिताले ग्राहकमा नियमित सर्भिसिङ तथा प्राविधिक मर्मतसम्भारप्रतिको चासो देखाएको कम्पनीले जनाएको छ । लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले नेपालमा एसएमएल महिन्द्राका व्यावसायिक सवारीसाधनको बिक्रीसँगै सर्भिसिङ, स्पेयर पार्ट्स र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।