काठमाडौं । राजधानीमा सहिद गङ्गालाल नेसनल हर्ट सेन्टर इन्टरनेसनल इन्टरभेन्सन सिम्पोजियम सम्पन्न भएको छ ।
सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एण्ड इन्टरभेन्सन (एससीएआइ) द्धारा आयोजित गोष्ठीमा समारोहमा अमेरिका, भारत बंगलादेश लगायत मुलकका ख्याती प्राप्त विशेषज्ञहरुको सभागिता रहेको थियो ।
जस अन्तरर्गत अमेरिकाबाट प्रा.चौधरी ए. अहसान, प्रा. रमेश दग्गुवती प्रा. मिमिर कुमार पाल भारतबाट प्रा ऋषि सेठी बंगलादेशबाट डांकैसर नसिरुल्लाह खानको उपस्थिति रहेको थियो ।
विश्व प्रसिद्ध कार्डियोलोजिस्ट प्रा.एन्टोनिया कोलोम्बोले गोष्ठीमा भुर्चुअल माध्यमबाट आफ्नो विचार प्रस्तुत गरेका थिए ।
यस अघि यो कार्यक्रममा एससीएआइ बंगलादेशको नाम हुदैँ आएकोमा पहिलो पटक नेपालमा आयोजना हुनु विशेष सम्मान र गौरबको विषय रहेको आयोजकले जनाएको छ ।

सिम्पोजियम सफलतापुर्वक सम्पन्न भएको यसले नेपाली स्वास्थ्य क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने अवसर दिएको आयोजकले उल्लेख गरेको छ ।

सन १९७८ मा स्थापित एससीएआइ विश्कै अग्रणी गैरनाफामुखी संस्था हो, वसले इनभेसिभ र इन्टरभेन्सनल कार्डियोलोजीको क्षेत्रमा शिक्षा अनुसन्धान बकालत र गुणस्तरीय उपचारकालाई प्रोत्साहन गदैँ आएको छ ।

हालसम्म ४ हजार ५सय बढी सदस्य सहित संस्थाले चार दशक भन्दा बढी समय देखि वयस्क तथा बालबालिकामा ह्दयसम्बन्धी उपचार र अनुसन्धान अघि बढाउदैँ आएको छ ।

नेपालतर्फ बाट कार्यक्रमको संयोजक शहीद गंगालाल राष्ट्रिय ह्दयउ केन्द्रका बरिष्ठ कार्डियोलोजिस्ट प्रा.अरुण मास्के र कार्यकारी निर्देशक डा.रवि मल्लले गरेका थिए ।
FACEBOOK COMMENTS