काठमाडौं । बुढा सुब्बा डिजिटलले जती जन्म बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।
कविता श्रेष्ठ र आरोग्य गुरागाईंको स्वर रहेको यस म्यूजिक भिडियो फिल्मी शैलीको छ । गीत सुन्दा लाग्छ, यो कुनै फिल्मकै गीत हो । गीतको संगीत तथा शब्द राजेशकुमार श्रेष्ठको रहेको छ । यस गीत मार्फत आरोग्यले गायनमा ‘डेब्यू’ गरेका छन् । धेरैअघि देखि विभिन्न गायन प्रतियोगिताहरुमा खरो उत्रदै आएका आरोग्यले लामो समय संगीत प्रशिक्षण पनि लिएका छन् । गायिका कविता श्रेष्ठको स्वर पनि तारिफ योग्य छ ।
निरज लोहनी र बविना विश्वकर्माले मोडलिङ गरेको यस भिडियोको निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन् ।
FACEBOOK COMMENTS