काठमाडौं । राष्ट्रियसाभका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १५२औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् ।
यही २–६ वैशाखसम्म इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष दाहालले ‘भावीपुस्ताका लागि शान्ति र न्याय सुनिश्चित’सम्बन्धी विषयमा प्रवचन दिने संघीय संसद सचिवालयले जनाएको छ । भ्रमणका दौरान उनले विभिन्न देशका संसदका प्रमुखसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष दाहालले असंलग्न आन्दोलन (नाम) संसदीय सञ्जालको पाँचौँ सम्मेलनमा पनि मन्तव्य दिने कार्यक्रम रहेको छ ।
अन्तरव्यवस्थापिका संघका स्थायी समितिका कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलमा सम्मिलित सांसदहरू सहभागी हुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल यही अगामी ८ वैशाखमा स्वदेश फर्कने कार्यक्रम छ ।