काठमाडौं । नयाँ वर्षलाई लक्षित गर्दै चलचित्र ‘पहाड’ आजबाट रिलिज भएको छ । तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।
चलचित्र ‘पहाड’मा मदनकृष्ण श्रेष्ठ, विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, सुनील थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ । चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ ।
उत्तम रसाइली प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् ।
चलचित्रमा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छन् । चलचित्रमा शंकर कोइराला र भारती घिमिरेको सम्पादन रहेको छ ।