काठमाडौँ । मधेश प्रदेश सभामुखका लागि निर्वाचन हुने भएको छ ।
शनिबार मधेश प्रदेश सभामा सातदलीय गठबन्धनबाट जसपा नेपालका रामअशिष यादवको उम्मेदवारी परेको छ ।
यस्तै, नेकपा एमालेले त्रिलोकी प्रसादलाई उम्मेदवार बनाएको छ ।
पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले दुई तिहाइबाट यसअघिका सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ गते दुहटाएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढेको हो । दिउँसो १ बजे प्रदेशसभा बैठकमा सभामुखबो निर्वाचन कार्यतालिका छ ।
FACEBOOK COMMENTS