काठमाडौँ । आर्थिक संकट, भूकम्प र चक्रवातको विनासबाट गुज्रिरहेको श्रीलंकाले पुननिर्माण कोषमा ४.२ अर्ब श्रीलंकाली रुपैयाँ जम्मा गर्न सफल भएको छ ।
श्रीलंकाको अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार चक्रवात दिट्वाबाट गम्भीर रूपमा प्रभावित श्रीलंकाको पुनर्निर्माणका लागि स्थापित ’पुनर्निर्माण श्रीलंका कोष“ मा ४.२ अर्ब श्रीलंकाली रुपैयाँ भन्दा बढी जम्मा गरिएको छ ।
राष्ट्रपति अनुरा कुमार दिसानायकेले चक्रवात पछिको पुनर्निर्माण र पुनर्निर्माणलाई सहयोग गर्न कोष स्थापना गरेका थिए । कोषमा अहिलेसम्म कुल ४.२ अर्ब श्रीलंकाली रुपैयाँ जम्मा गरिएको छ । यसमध्ये २ करोड ३० लाख विदेशी मुद्रामा प्राप्त भएको बताइएको छ ।
सहयोगको रुपमा ६० लाख डलरभन्दा बढी विदेशी मुद्रामा मात्र प्राप्त भएको र यस कोषमा योगदान देश भित्र र विदेशका व्यक्तिहरू, श्रीलंकाली उद्योगपतिहरू, व्यावसायिक संस्थाहरू, सामाजिक संस्थाहरू, विदेशमा बस्ने श्रीलंकाली नागरिकहरू र शुभचिन्तकहरूले सहयोग गरेको सरकरले जानकारी दिएको छ ।
सरकारले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले पुनर्निर्माणमा सहयोग गर्ने आशा पनि राखेको बताएको छ । जसमा सहयोगको सबैभन्दा ठूलो हिस्सा उत्तर अमेरिका, अष्ट्रेलिया, चीन र बेलायतबाट आएको बताइएको छ ।
श्रीलंकाको संसदले राहत र पुनर्निर्माण लागतहरू कभर गर्न आज ५०० अर्ब रुपैयाँको अतिरिक्त बजेट अनुमोदन गर्ने अपेक्षा गरिएको छ । प्रारम्भिक सरकारी अनुमान अनुसार, कुल पुननिर्माण लागत छ देखि सात अर्ब डलर पुग्न सक्छ । चक्रवात दिट्वाले देशभरि ठूलो बाढी, पहिरो र पूर्वाधारमा गम्भीर क्षति पुर्याएपछि श्रीलंकालाई संकटमा पुर्याएको छ ।

FACEBOOK COMMENTS