काठमाडौं । श्रीलंकाले जारी महिला क्रिकेट विश्वकपमा शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई ७ रनले पराजित गरेको हो । श्रीलंकाले दिएको २०३ रनको लक्ष्य पछाएको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाउदै १९५ रन बनाएको थियो ।
अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक रहेको अवस्थामा बंगलादेशले अन्तिम ओभरमा ४ विकेट गुमाएर केवल १ रन मात्र बनाएपछि श्रीलंकाले खेलमा शानदार कमब्याक गर्दै जित हासिल गरेको थियो । श्रीलंकाकी कप्तान चामारी अथापथ्थुले अन्तिम ओभरमा एक रनआउटसहित बंगलादेशका चार ब्याटरलाई आउट गरेकी थिइन् । यसअघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै ४५.४ ओभरमा अल आउट हुदै २०२ रन बनाएको थियो ।
यो जितपछि श्रीलंकाको ६ खेलमा चार अंक रहेको छ र छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै यो हारपछि बंगलादेश भने सेमिफाइनलको दौडबाट बाहिरिएको छ । बंगलादेशको ६ खेलमा केवल २ अंक रहेको छ ।
FACEBOOK COMMENTS