काठमाडौं । मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ । कर्णाली प्रदेश प्रहरी कार्या
लय सुर्खेतले प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य रहेका छन् ।
समितिलाई बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । उक्त समितिले घटनाको अनुसन्धान गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरलाई प्रतिवेदन पेश गर्नेछ ।
नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नम्बर बस मङ्गलबार जुम्ला–मुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना भएको थियो । दुर्घटनाहुँदा ३२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।
FACEBOOK COMMENTS