काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार रकम ४ अर्बमा सीमित भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.६७ अंकले घटेको छ । ०.४० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६१८.७२ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि म्युचुअल फण्ड ०.०३ प्रतिशतले बढेको छ । बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३४४ कम्पनीका १ करोड २१ हजार ९ सय ६६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ७१ लाख ७४ हजार ३६.३२ रुपियाँ बराबरको कारोबार भएको छ ।
सर्वोत्तम पेन्ट्स र पञ्चकन्या माई हाइड्रोका लगानीकर्ताहरुले क्रमश: १४.९९ र १३.८६ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.२६ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज रिलायन्स स्पिनिङको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २६ करोड ३७ लाख ३० हजार ६ सय ३६.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।