काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सदस्यमा गृहमन्त्री सुदन गुरुङदेखि भूपदेव शाहसम्म मनोनीत भएका छन्।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनीत गरेको हो ।
केन्द्रीय सदस्य मनोनीत हुने अन्य नेताहरूमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा। मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा। भक्तबहादुर राई छन् ।
त्यस्तै बैठकले पार्टीको प्रवक्ता, कोषाध्यक्षसहितका पद पूर्ति गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित गरेको हो।
त्यस्तै बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ। एक उपसभापति, एक महामन्त्री ,एक सहमहामन्त्री अझै मनोनित हुन बाँकी छ।