काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन्।
सभापति रवि लामिछानेले उनलाई मनोनीत गरेका हुन्। त्यस्तै कोषाध्यक्षमा मनोमुर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्ता सरेन्द्र चौधरी र ननिता यादवलाई मनोनीत गरिएको छ। शुक्रबार बसेको केन्द्रीय सदस्य बैठकमा उनले राखेको प्रस्ताव पारित भएको छ।