काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि सवा ३ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.१३ अंकले घटेको छ । ०.७३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५९९.५८ अंकमा झरेको छ ।
समग्रमा बजार घटेसँगै सबै समूह राताम्मे भएका छन् । हाइड्रो समूह सबैभन्दा बढी १.१९ प्रतिशतले घटेको छ ।
आज ३५० कम्पनीका ८५ लाख ७२ हजार ९ सय ७० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार ५ सय ४९.५२ रुपियाँ बराबरको कारोबार भएको छ ।
सर्वोत्तम सिमेन्ट, धौलागिरि लघुवित्त र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १४.९९, ११.९८ र ९.१४ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै पञ्चकन्या माई हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.८३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १२ करोड ७२ लाख ८२ हजार ७०.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।