काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले महाराजगञ्जमा नयाँ स्टेट अफ आर्ट सोरुम उद्घाटन गरेर काठमाडौंमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ।
एमएडब्लूले एपोलो मोटर्सलाई आफ्नो नयाँ डिलरका रुपमा नियुक्त गर्दै नेपाली उपभोक्तामाझ सहज ढंगले विश्वस्तरीय ईभी पुर्याउने उद्देश्यमा महत्वपूर्ण उपलब्धी हासिल गरेको जनाएको छ।
दिपलको नयाँ सोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोद राज ज्ञवाली र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा गरेका हुन्।
‘नेपाली ईभी बजार एउटा रोमाञ्चक मोडमा आइपुगेको छ र दिपलले यो रुपान्तरणको नेतृत्व गरिरहेको छ,’ उद्घाटन कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, ‘दिपलमा एउटा लिगेसी ब्रान्ड बन्ने सबै सम्भावनाहरु छन् र एमएडब्लू यो ब्रान्डलाई दशकौंसम्म टिक्ने लिगेसी ब्रान्डका रुपमा स्थापित गर्न प्रतिबद्ध छ।’ उनले दिपलको मागलाई पूरा गर्न विभिन्न सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार गर्ने एमएडब्लूको उद्देश्यबारे पनि जानकारी गराए।
उद्घाटन समारोहमा फ्युचरिस्टिक आयाम थप्दै अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डलाई प्रदर्शनीमा राखिएको थियो जसले उपस्थित अतिथिलाई कृत्रिम बौद्धिकता र स्वचालनमा चांगानको दूरदर्शी दृष्टिकोणको प्रत्यक्ष अनुभव दिलाएको थियो।

उद्घाटनकै दिन २० जना ग्राहकलाई दिपल ईभी डेलिभरी गरिएको थियो। कार्यक्रमका दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवालीले नयाँ ग्राहकलाई चाबी हस्तान्तरण गरेका थिए।