काठमाडौं । सुबिसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा नि:शुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएको छ ।
बाढी प्रभावित परिवारलाई सञ्चारमा सहजता प्रदान गर्ने उद्देश्यले उक्त सेवा उपलब्ध गराइएको हो ।
“नुवाकोट, विदुर–८, हात्तीगौँडास्थित भैरुम माध्यमिक विद्यालयको विपद् राहत शिविरमा आश्रय लिइरहेका २०० भन्दा बढी बाढी प्रभावित नागरिकहरूका लागि आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सुबिसुले नि:शुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएको हो,” सुबिसुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त सेवा विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठ तथा समाजसेवी रमेश श्रेष्ठसँगको समन्वयमा उपलब्ध गराइएको हो । प्रधानाध्यापक श्रेष्ठले राहत शिविरमा रहेका २०० भन्दा बढी नागरिकका निम्ति सुबिसुले उपलब्ध गराएको नि:शुल्क वाइफाइ सेवाले परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाएको बताए ।
“कठिन परिस्थितिमा प्रभावित परिवारहरूको सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै सुबिसुले उपलब्ध गराएको नि:शुल्क इन्टरनेट सेवाका लागि धन्यवाद व्यक्त गर्दछु । विपद्को समयमा गरिएको यो सहयोगले राहत शिविरमा रहेका परिवारहरूलाई ठूलो सहजता प्रदान गरेको छ,” उनले भने ।
समाजसेवी रमेश श्रेष्ठ भन्छन्, “विपद्को समयमा सञ्चार अत्यन्त महत्त्वपूर्ण हुन्छ । सुबिसुले उपलब्ध गराएको नि:शुल्क इन्टरनेट सेवाले राहत शिविरमा रहेका बाढी प्रभावित परिवारहरूलाई आफ्ना आफन्तसँग सम्पर्कमा रहन ठूलो सहयोग पुगेको छ ।”

विदुर–५, पिपलटारस्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा पनि बाढी प्रभावित परिवार तथा आश्रय लिइरहेका नागरिकको सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै सुबिसुले नि:शुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएको छ ।
यो सहयोगले प्रभावित परिवारलाई सञ्चारमा सहजता प्रदान गरेको चन्द्र ज्योति माविका प्रधानाध्यापक वासुदेव पंगेनीले बताए । “विपद्को यस कठिन परिस्थितिमा चन्द्र ज्योति माध्यमिक विद्यालयमा बसोबास गरिरहेका तथा पीडामा रहेका प्रभावित परिवारहरूका लागि सुबिसुले करिब ३००–४०० जनालाई नि:शुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएर महत्त्वपूर्ण सहयोग पुर्याएको छ ।