काठमाडौं । मेडिकल इक्वेपमेन्ट सप्लायर्स संस्था सुदीप इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक भक्तबहादुर हमाललाई कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड प्रदान गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ अन्तर्गत ‘बेष्ट मेडिकल इक्वेपमेन्ट सप्लायर्स’ अवार्ड प्रदान गरेको हो ।
सो अवार्ड नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्वध्यक्ष समेत रहेकी ट्युनिसियाका लागि अवैतनिक वाणिज्य दूत भवानी राणा, एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वल जंग शाह तथा बिजनेश डिरेक्टर संगीता खत्रीले संयुक्त रूपमा प्रदान गरे । कार्यक्रममा सहभागी हुन नसकेका हमाललाई कार्यक्रमपश्चात अवार्ड हस्तान्तरण गरिएको हो ।
नेपालका स्वास्थ्य संस्थाहरूलाई आवश्यक पर्ने मेडिकल उपकरणहरू आयात गरी बिक्री गर्ने व्यापारी तथा व्यवसायीहरूको छाता संस्था रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष समेत रहेका उनलाई मेडिकल इक्वेपमेन्ट सप्लाइको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै कर्पोरेड मिडियाले सम्मान तथा अवार्ड प्रदान गरेको हो ।
उनले नेपालको स्वास्थ्य प्रयोगशालाको क्षेत्रमा नयाँ प्रविधि र त्यसको विकासमा महत्वपूर्ण योगदान गरेकै कारण अहिले आम नेपालीलाई समयमै रोग पहिचान र उपचारमा मद्दत पुगिरहेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका उनी समग्र उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को कार्यसमिति सदस्यका साथै स्वास्थ्य तथा विपद् व्यवस्थापन विभागको सभापति समेत छन् । स्वास्थ्य उपकरणहरू आयात र बिक्रीलाई नियमन र परीक्षणको व्यवस्था नहुँदा विभिन्न विकृति र विसंगतीहरू बढिरहेको सन्दर्भमा उनले त्यसलाई रोक्न विभिन्न तवरबाट राज्यसँग लविङ गरिरहेका छन् ।
चितवन एकेडेमी फर टेक्निकल एजुकेसन प्रालि, चितवन मोडेल हस्पिटल, हिमालयन च्युरी आयल इन्डष्ट्रीज र स्वर्णिम माउन्टेन रिसोर्ट होटेलका निर्देशक समेत रहेका उनले वि.स. २०५० सालदेखि स्वास्थ्य उपकरण आयातको क्षेत्रमा काम सुरू गरेका थिए । जर्मनी, यूएसए, जापानलगायत २५ वटा देश भ्रमण गरिसकेका उनले यसअघि नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीबाट तीन पटक ‘बेष्ट इम्पोटर्स अवार्ड र सन् २००९ मा जर्मनीको ह्युमेन जीएमबीएचबाट ‘मस्ट कन्सिस्टेन्ट बिजनेस अवार्ड’ पाइसकेका छन् ।
FACEBOOK COMMENTS