काठमाडौं । सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्घन गर्न सनराइज बैंकका ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ ।
डिजिटल कारोबारलाई प्रवर्द्घन गर्ने उद्देश्यका साथ बैंकले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ ।
सोही क्रममा बैंकले केएफसी, पिज्जा हट÷क्रिम बेल’सँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुुट दिने व्यवस्था गरेको हो ।
यस सम्झौता अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एप ‘सनराइज स्मार्ट प्लस’बाट नेपालपे क्यूआर स्क्यान गरी देव्यानी इन्टरनेसनल नेपालद्वारा सञ्चालित केएफसी, पिज्जा हट/क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम २०० प्रति कारोबार) क्यासव्याक तुरुन्तै पाउनेछन् । यो योजना २१ असार २०८० सम्मका लागि लागू गरिएको छ ।
FACEBOOK COMMENTS