काठमाडाैं । सनराइज बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश बितरण नगर्ने प्रस्ताव गरेको हो ।
बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि बैंकलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।
बैंकको सूचनामा भनिएको छ ‘उपर्युक्त विषयमा यस सन्राइज बैंक लिमिटेडको संचालक समितिको मिति २०७९/०८/२५ गते दिउँसो ३:३० देखि ४:३० बजेसम्म बसेको ४०४औं बैठकले २०७९ आषाढ मसान्त सम्मको संचित मुनाफा तथा आ.व. २०७८ / ०७९ को मुनाफा रकमबाट बैंकका शेयरधनीहरुलाई नगद लाभांश / बोनस शेयर वितरण नगर्ने तथा बैंकको आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण / अनुसूचिहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात् बैंकको अगामी बार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गर्ने निर्णय भएकोले सो व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं ।’
यस अघि लक्ष्मी बैंकले पनि लाभांश नदिने निर्णय गरेको थियो ।
FACEBOOK COMMENTS