काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ४ न्यायाधीश नियुक्त गरेका छन् ।
न्याय परिषदको सिफारिस र संसदीय सुनुवाइ विशेष समितिको अनुमोदनपछि शुक्रबार राष्ट्रपति पौडेलले न्यायाधीश नियुक्त गरेका हुन् ।
नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
चारैजना विगतमा उच्च अदालतको न्यायाधीश थिए ।

