सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
कर्पोरट खबर
6:27 pm, मंगलबार, असोज २०, २०८३
काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।
परिषद्का एक सदस्यका अनुसार सिफारिसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरिएको छ ।