काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगको प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
महाभियोगको प्रस्ताव असंवैधानिक भएको दाबीसहित अधिवक्ताहरु डा. पुण्य खतिवडा र दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
रिट निवेदनमा जबरालाई पदमा बहाली गराउन अन्तरिक आदेशको माग गरिएको छ ।
FACEBOOK COMMENTS