काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ ।
९७ वर्षको उमेरमा बुधबार प्रधानको निधन भएकाले आज सर्वोच्चको इजलास नबस्ने भएको छ ।
सर्वोच्चले सुचनामा भनेको छ, ‘सर्वोच्च अदालतका पूर्वन्यायाधीश श्री हरगोविन्द सिंह प्रधानज्यूको मिति २०८३/०२/०६ गते भएको असामयिक निधनमा शोक प्रकट गर्न आज मिति २०८३/०२/०७ गते बिहिबारका दिन यस अदालतका इजलास सञ्चालन नहुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’