काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालकै पहिलो र कम प्रिमियम भएको नयाँ बीमा योजना आज सार्वजनिक गरेको छ ।
बीमामा प्रवेश गर्नेहरूको संख्या बढिरहेका बेला कम्पनीले नेपालमै पहिलोपटक कम प्रिमियममा ठूलो प्लानसहितको ‘सूर्यज्योति सही प्लान’ बीमा योजना सार्वजनिक गरेको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र प्रमुख कार्यकारी अध्यक्ष प्रकाश विक्रम खत्रीले संयुक्त रूपमा नयाँ बीमा योजना आज सार्वजनिक गरेका हुन् ।
यो योजना नेपालकै पहिलो आजीवन म्यादी जीवन वीमा भएको र यसले कम प्रिमियममा आजीवन सुरक्षा दिने कम्पनीमा सीईओ खत्रीले जानकारी दिए । कम्पनीले जारी गरेको यो नयाँ योजना नेपालको बीमा क्षेत्रमै नयाँ आयाम भएको उनको दाबी छ ।
उनका अनुसार नयाँ योजना खरिद गर्ने बीमितले तिरेको प्रिमियमको ६ गुणासम्मको कभरेज दिने, बीमा अवधिभर तिरेको सम्पूर्ण रकम ७० वर्षको उमेरमा सबै फिर्ता गर्ने, बीमा अवधि समाप्त भएपछि पनि ‘होल लाइफ कभरेज’ दिनेलगायत विशेषता यो योजनामा छ ।
यो योजना खरिद गर्न न्यूनतम बीमाङ्क रकम पाँच लाख रुपैयाँ हुनुपर्ने, न्यूनतम प्रवेश उमेर १८ वर्ष र अधिकतम प्रवेश उमेर ६० वर्ष, अधिकतम बीमा शुल्क भुक्तानी समाप्ती उमेर ६५ वर्ष, न्यूनतम भुक्तानी अवधि ५ वर्ष रहेको छ भने बीमा शुल्क भुक्तानी तरिका एकल, वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रहेको पनि कम्पनीले स्पष्ट पारेको छ ।
यो योजनामा इच्छा अनुसार एक करोड रुपैयाँसम्म्को दोहोरो बीमा लाभ, बीमा शुल्क छूट, मासिक अशक्त सुविधा, ३५ वटा घातक रोगको उपचारमा ५० लाख रुपैयाँसम्म खर्च सुविधा र सहुलियत दरमा नियम अनुसार ऋण समेत लिन पाइने छ ।
कार्यक्रममा कम्पनीका सीईओ खत्रीले समग्र बबीमाका साथै नयाँ प्रडक्टको बारेमा आकर्षक प्रस्तुति दिएका थिए । नेपालममा अन्डर इन्स्योरेन्स भइरहेको बताउँदै बीमाको दायरा अझै बढाउन सकिने उनको भनाइ छ ।
यो पनि पढ्नुहोस्–
अब बीमाकाे स्किम ल्याउँदा गरिबले गर्न सक्ने ल्याउनुपर्छः अध्यक्ष सिलवाल
FACEBOOK COMMENTS