काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू भावी राष्ट्रपतिको आकांक्षी नभएको स्पष्ट गरेकी छिन् ।
सफलतापूर्वक निर्वाचन गराएर विदा हुन लागेकी प्रधानमन्त्री कार्कीले आफूभन्दा लायक र अवसर नपाएका अरु मान्छेले उक्त अवसर पाउनुपर्ने तर्क गर्दै आफू राष्ट्रपति नबन्ने स्पष्ट गरेकी हुन् ।
‘मैले विषम् परिस्थितिमा प्रधानमन्त्री भएर जुन काम गर्नुपर्ने हो त्यो पूरा गरेँ । अब म पुरानै निजी दैनिकीमा फर्किन्छु,’ राष्ट्रिय समाचार समिति (रासस) लाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘अरु अरु कुनै मोह छैन । मभन्दा लायक र अवसर नपाएका मान्छे अरु धेरै हुनुहुन्छ ।’
उनले आफ्नो सरकारको मूल जिम्मेवारी निर्वाचन गराउनु भए पनि विकासको क्षेत्रमा पनि केही प्रयासहरू भएको बताएकी छिन् । अब द्वन्द्व र तनावको अवस्थाबाट मुक्त भइ विकास, समृद्धि, रोजगारी सृजना, शिक्षा र स्वास्थ्यमा सुधारलगायत कामहरू आगामी सरकारले गर्नुपर्ने उनको सुझाव छ ।
केपी ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

FACEBOOK COMMENTS