काठमाडौं । नेपालका लागि सुजुकी ब्राण्ड चारपांग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकोर्प तथा सीजी नेक्स्टजेनले जिम्नी रारा एडभेञ्चर आयोजना गरेको छ ।
‘अ राइड विथ अ कज’ नाराका साथ आयोजित जिम्नी रारा एडभेञ्चर बुटवलबाट सुरू भएर सुर्खेत, कालिकोट, रारा, जुम्ला हुँदै सुर्खेतमा पुगेर समापन भएको थियो । गत वैशाख २३ देखि २९ गतेसम्म सञ्चालन गरिएको ‘जिम्नी रारा एडभेञ्चर’मा १० ओटा जिम्नी गाडीको सहभागिता थियो ।
जिम्नीका मालिकहरूले त्यसको वास्तविक क्षमता पत्ता लगाउन सकून् भन्ने मुख्य उद्देश्यका साथ सो एडभेञ्चर आयोजना गरिएको सीजी मोटोकोर्प तथा सीजी नेक्स्टजेनका महाप्रबन्धक सिरज पन्तले बताए । उनका अनुसार राइडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित सरस्वती आधारभूत विद्यालयलाई दुई लाख रूपैयाँको सहयोग हस्तान्तरण पनि गरिएको थियो । १३५ जना भन्दा बढी विद्यार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग कार्यक्रम आयोजना गरी मुलपानी–८, कालिकोटका वडा अध्यक्ष लाला बिस्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।
‘अफ रोडिङ जिम्नीको मुख्य विशेषता हो, यो एउटा लाइफ स्टाइल एसयूभी हो जसले एडभेञ्चर रोज्ने ग्राहकको माग पूरा गर्दछ । यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको नै उहाँहरूलाई आफ्नो जिम्नीको क्षमता महसुस गरुन् र आफ्नो अनुभव एक अर्कामा आदानप्रदान गरी एउटा कम्युनिटीको रूपमा आगाडि बढोस भन्ने हो,’ महाप्रबन्धक पन्तले भने, ‘आगामी दिनमा जिम्नीको आफ्नै एडभेञ्चर क्लब स्थापना गरी यस्तो कार्यक्रम भविष्यमा सञ्चालन गर्नेछौँ । यो पहिलो संस्करण निकै सफल भयो र हामी सहभागी सबै जिम्नी ग्राहकलाई धन्यवाद दिन चाहन्छौँ ।’
यस्तै, मारुती सुजुकी इण्डिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जिम्नीको पाँच दशकभन्दा लामो बिरासत र यसको अफ रोडिङ क्षमताको बारेमा थप प्रकाश पार्नुका साथै विश्वभरिनै जिम्नी एउटा लाइफ स्टाइल एसयूभीको रूपमा निकै लोकप्रिय भएको बताए । ९० भन्दा धेरै देशहरूमा लञ्च भएको जिम्नी हालसम्म ३० हजार भन्दा धेरै युनिट बिक्री भइसकेको जानकारी उनले दिए ।
तस्बिरहरू पनि हेर्नुहोस्–
FACEBOOK COMMENTS