काठमाडौं । नेपाल पौडी संघको आयोजनामा भएको १३ औं एनएसए कप च्याम्पियनसिपको उपाधी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।
आर्मीले कुल ९०५ अंक सहित प्रथम स्थान हात पार्दै उपाधी उचालेको हो । दोश्रो स्थानमा रहेको नेपाल पुलिस क्लबको ७१९ अंक र तेश्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबले ४७२ अंक जोड्यो । महिला तर्फ आर्मीकी मिखा थापा र पुरुष तर्फ नेपाल पुलिस क्लबका इरभिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडीहरुले २५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । आर्मीकी मिखा थापाले च्याम्पियनसिपमा कुल ९ स्वर्ण र १ कास्य पदक हात पारिन् । इरभिनले ३ स्वर्ण हात पारेका थिए ।
च्याम्पियनसिपमा कुल ९ राष्ट्रिय किर्तिमान कायम भएको छ । पहिलो दिन तीन राष्ट्रिय किर्तिमान भएकोमा दोश्रो दिन ६ राष्ट्रिय किर्तिमान कायम भएको छ । जसमा २५० मिटर फ्रिस्टायलमा पुलिसका इरभिन श्रेष्ठले १ मिनट ५६.२७ सेकेन्ड समयको किर्तिमान राखे । यस अघि यो विधाको किर्तिमान नासिर याहा हुसेनको नाममा रहेको थियो । उनले दुवईमा २०२१ मा भएको १५ औं फिना वल्र्ड पौडी च्याम्पियनसिपमा १ मिनट ५८.३० सेकेन्ड समयको किर्तिमान राखेका थिए । कोशी प्रदेशका बिकास कुमालले पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा ३०.३९ सेकेन्डको किर्तिमान राखे । उनले हिट चरणमा आफ्नै नाममा रहेको ३१.०५ सेकेन्डको किर्तिमानमा सुधार गर्दै ३०.५३ सेकेन्ड समयको सुधार गरेका थिए । उनले २०२२ मा भएको २० औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा उक्त किर्तिमान राखेका थिए ।
यस्तै बिकासले १०० मिटर ब्रेष्टस्ट्रोकमा पनि आफ्नै नाममा रहेको १ मिनट ७.५० सेकेन्डको समयमा सुधार गर्दै १ मिनट ०६.८५ सेकेन्ड समयको किर्तिमान राखेका थिए । पुलिसका जेडन श्रेष्ठले दुई राष्ट्रिय किर्तिमान राखे । उनले ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३०.९४ सेकेन्ड र १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट १.४७ सेकेन्ड समयको किर्तिमान राखेका थिए । ५० मिटरमा बिकास कुमालको नाममा ३१.०५ सेकेन्डको किर्तिमान थियो । उनले यो किर्तिमान २०२२ मा भउको २० औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा राखेका थिए । यस्तै १० मिटरमा एलेक्स शाहले २०१९ मा काठमाण्डौमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुलदमा राखेको १ मिनट २.१० सेकेन्ड समयको किर्तिमान राखेका थिए । प्रत्येक राष्ट्रिय किर्तिमान कायम गरेका खेलाडीहरुले नगद ५ हजार प्राप्त गरेका थिए ।
च्याम्पियनसिपको दोश्रो तथा अन्तिम दिन १५ स्वर्ण पदकका लागि भएको स्पर्धामा महिलाको ८०० मिटर फ्रिस्टायलमा त्रिभुवन आर्मी क्लबका आभा बैद्यले ११ मिनट २२.५४ सेकेन्ड समयका साथ स्वर्ण हात पारिन् । मिल्स वेरी स्कुलकी सिशोम्बुन राईले रजत र एपिएफकी जोया थापाले कास्य पाए । यस्तै महिला तर्फकै १०० मिटर ब्याकस्ट्रोकमा सेनाकी मिखा थापाले स्वर्ण हात पारिन् । उनले उक्त दूरी १ मिनट ८.४३ सेकेन्डमा पार गरिन् । द ब्रिटिष स्कुलकी स्निगधा शेरचनले रजत र जेम्सकी श्रेया महर्जनले कास्य पदक पाईन् । ५० मिटर ब्रेष्टस्ट्रोकमा आर्मीकी मिखा थापाले ३८.२६ सेकेन्ड समयका साथ स्वर्ण हात पार्दा नेपाल पुलिस क्लबकी आध्याश्री जोशीले रजत र न्यू मिलेनियमकी प्राज्ना ताम्राकारले कास्य पाईन् । १०० मिटर फ्रिस्टायलमा आर्मीकी मिखा थापाले १ मिनट ००.८० सेकेन्ड समयका साथ स्वर्ण जितिन् । एपिएफकी आर्या महर्जनले रजत र पुलिसकी देवांशी जोशीले कास्य पाईन् ।

लतिलपुरस्थित २५ मिटरको हिटिङ्ग पौडी पोखरीमा भएको १०० मिटर ब्रेष्ट स्ट्रोकमा एपिएफकी अदिप्सा बैद्यले स्वर्ण हात पारिन् । उनले उक्त दूरी १ मिनट १९.६९ सेकेन्ड समयमा पुरा गरेकी थिईन् । न्यू मिलेनियमकी प्राज्ना ताम्राकारले रजत र पुलिसकी लुना श्रेष्ठले कास्या पाए । २०० मिटर ईन्डिभिडुअल मिड्लेमा आर्मीकी मेखा थापाले २ मिनट ३९.१२ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । पुलिसकी लुना श्रेष्ठले रजत र मिल्स वेरीकी सिशोम्बुन राईले कास्य पाईन् । ५० मिटर फ्रिस्टायलमा आर्मीकी मिखा थापाले २८.३० सेकेन्ड समयमा दूरी पार गर्दै स्वर्ण हात पार्दा एपिएफका आर्या महर्जन र रोशा न्यौपानेले रजत र कास्य पाए ।

पुरुष तर्फको खेलको १०० मिटर ब्याक स्ट्रोकमा एपिएफका जेडन श्रेष्ठले १ मिनट ००.५९ सेकेन्ड समयको राष्ट्रिय किर्तिमान सहित स्वर्ण हात पारे । एपिएफकै निर्भय थापाले रजत र पुलिसका आरुष अवालेले रजत पाए । ४०० मिटर फ्रिस्टायलमा जेम्सका कल्किन श्रेष्ठले ४ मिनट १४.२४ सेकेन्ड समयका साथ स्वर्ण जिते । आर्मीका सौर्यन बहादुर शाहले रजत र सुदूरपश्चिमका अथर्व सिंहले कास्य पाए । ५० मिटर ब्रेष्ट स्ट्रोकमा कोशी प्रदेशका बिकास कुमालले ३०.३९ सेकेन्ड समयको राष्ट्रिय किर्तिमान सहित स्वर्ण हात पारे । एपिएफका जेडन श्रेष्ठले रजत र सगरमाथा स्विम क्लबका आरेक कर्माचार्यले कास्य पाए । १०० मिटर फ्रिस्टायलमा नेपाल पुलिसका इरभिन श्रेष्ठले ५२.८६ सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्मीका अभिभ प्रधानले रजत र एपिएफका निर्भय थापाले कास्य पाए । पुरुषकै १०० मिटर ब्रेष्ट स्ट्रोकमा कोशी प्रदेशका बिकास कुमालले १ मिनट ६.८५ सेकेन्ड समयको राष्ट्रिय किर्तिमान सहित स्वर्ण हात पारे ।

एपिएफका जेडन श्रेष्ठले रजत र आर्मीका आरभ अग्रवालले कास्य पाए । २०० मिटर इन्डिभिडुयल मिड्ले तर्फ सुदूरपश्चिमका अथर्व सिंहले स्वर्ण जिते । सिंहले उक्त दुरी २ मिनट १६.३३ सेकेन्ड समयका साथ स्वर्ण जितेका हुन् । जेभियरका आरोन भण्डारीले रजत र कोशी प्रदेशका अश्विन थापाले कास्य पाए । ५० मिटर फ्रिस्टायलमा नेपाल पुलिसका ईरभिन श्रेष्ठले २४.१४ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । आर्मीका अभिभ प्रधानले रजत र एपिएफका निर्भय थापाले कास्य पाए ।

मिक्स रिलेमा नेपाल एपिएफ क्लबले स्वर्ण जित्यो । एपिएफ क्लबका आर्या महर्जन, जेडन श्रेष्ठ, निर्भय थापा र रोशा न्यौपानेको समूहले दुरी पार गर्न २ मिनट १.९१ सेकेन्ड समय खर्च गरे । पुलिसले रजत र आर्मीले कास्य पाए ।

४० बर्ष माथिको पुरुष मास्टर्स तर्फ चन्द्र सिंह महतोले ३२.३५ सेकेन्ड समयका साथ स्वर्ण, ब्रिटिष गोर्खाज नेपालका गौरव चन्द्र गुरुङ्गले रजत र शिविर रत्न शाक्यले कास्य पाए । बिजयी खेलाडीहरुलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मीला के.सी. नेपाल लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
FACEBOOK COMMENTS