काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमले विमेन्स ट्ववान्टी–२० विश्वकप छनोटको शुक्रबार भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले प्रस्तुत गरेको ३२ रनको लक्ष्य पाएको नेपाल १७ बलमै त्यहाँसम्म पुगेको थियो ।
महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो। यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट गरेको थियो । त्यतिबेला १७ रनको लक्ष्य रनको नेपालले मात्र ५ बलमा भेटाउँदै खेल १० विकेटले जितेको थियो ।
बहराइनसँगको खेलमा नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन बनाइन् । अर्की ओपनर सीता राना मगरले ३ बलमा २ रन बनाइन् । नेपालले १३ रन अतिरिक्त पाएको थियो ।
बहराइनसँगको खेलमा ४ ओभरमा मात्र ३ रन दिँदै ५ विकेट हात पारेपछि बहराइन १५।४ ओभरमा ३१ रनमा अल आउट भएको थियो । बहराइनका लागि दीपिका रसाङ्गिकाले ११ रन बनाइन् ।
नेपाली महिला राष्ट्रिय टिमले विमेन्स ट्ववान्टी–२० विश्वकप छनोटको शुक्रबार भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले प्रस्तुत गरेको ३२ रनको लक्ष्य पाएको नेपाल १७ बलमै त्यहाँसम्म पुगेको थियो ।
नेपालले बिहीबार भएको खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गरेको थियो । नेपालले समुह चरणको तेस्रो खेल भुटानसँग आइतबार खेल्नेछ ।
FACEBOOK COMMENTS