काठमाडौं । इङल्याण्डले भारतविरुद्धको टी–२० सिरिज ४–० ले जितेको छ । गएराती सम्पन्न पाँचौँ तथा अन्तिम टी– २० खेलमा भारतलाई ५६ रनले पराजित गर्दै पाँच खेलको सिरिज ४–० ले आफ्नो पक्षमा पारेको हो ।
पहिले ब्याटिङ गरेको इङल्याण्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २५७ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा भारतले २० ओभरमा आठ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो ।
यस हारसँगै भारत लगातार दोस्रो टी–२० सिरिजमा पराजित भएको छ । साथै, आगामी साताको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को टी–२० वरीयतामा भारतलाई पछि पार्दै इङल्याण्ड शीर्ष स्थानमा पुग्ने सम्भावना रहेको छ ।
सिरिजको पहिलो खेल बर्षाले रद्ध भएपछि सिरिजका बाँकी चारै खेल इङल्याण्डले जितेको थियो । यसअघि भारत आयरल्याण्डविरुद्धको टी–२० सिरिज पनि २–० ले हारेको थियो ।