काठमाडौं । तातोपानी नाकाबाट धमाधम सामान नेपाल भित्रिरहेका छन् ।
उक्त नाका भोलिसम्म मात्र खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ ।
दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो ।
मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।
दशैंको समयमा आवश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारले गरेको पहलस्वरूप नाका अस्थायी रूपमा सञ्चालनमा आउन लागेको हो। यसले नेपाल–चीन व्यापारिक आवागमनलाई सहजीकरण गर्नुका साथै चाडपर्वका बेला आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

व्यवसायीहरूले चीनतर्फको न्यालम क्षेत्रमा दसैँलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनर ल्याउन नसकिएकाले समय थप गर्न चीन सरकारलाई आग्रह गरेका छन् ।
